इटहरीमा थप एक जनामा कोरोना पुष्टि

Newslaya Home

इटहरीमा थप एक जनामा कोरोना पुष्टि

आइतबार १८, साउन २०७७

इटहरी । इटहरी महानगरपालिकामा अर्को संक्रमण पनि भेटिएको छ । इन्जिनिरमा कोरोना पोजेटिभ भेटिएसँगै गरिएको स्वाव परिक्षणका क्रममा अर्का एक व्यक्तिमा पनि पोजेटिभ आएको बताइएको छ । तर आधिकारीक रिपोर्ट भने आइसकेको छैन ।

२१६ जनाको कोरोना परिक्षण गरिएकोमा रिपोर्ट आउने क्रममा रहेको इटहरी अस्पतालका रामकुमार धमलाले बताए । उनका अनुसार धरान स्थित वीपी कोइराला बिज्ञान प्रतिष्ठानमा स्वाब पठाइएकोमा रिपोर्ट आउन ढिलाइ भइरहेको उनले बताए ।

केहि जनप्रतिनिधी र कर्मचारीको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।