भालेको आक्रमणबाट एक महिलाको मृत्यु

Newslaya Home

भालेको आक्रमणबाट एक महिलाको मृत्यु

आइतबार १८, साउन २०७७

अस्ट्रेलियामा कुखुराको भालेको आक्रमणबाट एक वृद्धा महिलाको मृत्यु भएको छ ।

आफैंले पालेको कुखुराको आक्रमणबाट वृद्धाको मृत्यु भएको अस्ट्रेलियाका प्रहरीले जनाएका छन् । दक्षिण अस्ट्रेलियास्थित आफ्नै घर पछाडि ती महिलाको सानो खोरमा कुखुरा पालन गरेकी थिइन् ।

महिला कुखुराको अन्डा संकलन गर्नको लागि खोर गएकी थिइन् । सोही क्रममा त्यहाँ भएको भालेले महिलालाई आक्रमण गरेको हो । भालेको आक्रमणबाट वृद्धाको शरीरबाट अत्याधिक रगत बगेपछि उनको निधन भएको प्रहरीले जनाएका छन् ।

कुखुराहरु प्राय अहिंस्रक मानिन्छन् । भालेचाँही कहिलेकाँही आक्रमक हुने गर्दछ। प्रहरीले यस घटना अनौठो भएको बताएको छ ।