कविताः मेरो मातृभूमि

Newslaya Home

कविताः मेरो मातृभूमि

आइतबार १८, साउन २०७७

मेरो मातृभूमि एक स्वर्गको टाकुरा
वनजङ्गल खोला नाला हिम चुचुरा
आहा ! लाग्छ नि साँच्चै विश्वकै परी मेरी मातृभूमि ।
कतै हिमाल कतै पहाड कतै हरियाली वन
मेरो मातृभूमि हेर्दा रमाउछ यो मन

आहा ! लाग्छ नि साँच्चै विश्वकै परी मेरी मातृभूमि ।
अरनीको भृकुटी सीता र गौतम बुद्ध
जन्मेक हुन् मेरो देशका महान सपूत
आहा ! लाग्छ नि साँच्चै विश्वकै परी मेरी मातृभूमि ।

साल्पा माथि सिलिचुङ्ग हलेशिको बास
अरुण बरुण खोला नाला सप्तकोशी सात
आहा ! लाग्छ नि साँच्चै विश्वकै परी मेरी मातृभूमि ।
विश्वको गरिमा उच्च शिखर सगरमाथा
विभिन्न हिमशिखर र तिनै फाटले राखे गाथा
आहा ! लाग्छ नि साँच्चै विश्वकै परी मेरी मातृभूमि ।

कवयत्री–बिन्दु ओझा
षडानन्द नगरपालिका–२, भोजपुर

1 प्रतिकृयाहरू प्राप्त
  • बिमल खेवाछाली सुलभलेख्नुहुन्छ
  • |
  • आइतबार १८, साउन २०७७
मिठो छ कविता