कोरोनाको महामारी लामो समय रहन्छ : डब्लुएचओ

Newslaya Home

कोरोनाको महामारी लामो समय रहन्छ : डब्लुएचओ

आइतबार १८, साउन २०७७

काठमाडौं । कोरोना भाइरसलाई महामारी घोषणा गरेको छ महिनापछि बसेको विश्व स्वास्थ्य संगठनको बैठकले यो लामो समयसम्म रहने निष्कर्ष निकालेको छ ।

बैठकपछि संगठन प्रमुख डा.टेड्रोस घेब्रेयेससले कोरोना महामारी लामो समयसम्म रहने देखिएको बताए । संगठनले यसै वर्ष जनवरी ३० मा कोरोनालाई महामारी घोषणा गरेको थियो । यो अवधिदेखि हालसम्मको अवस्था मूल्यांकनका लागि गत शुक्रबार विश्व स्वास्थ्य संगठनको आपतकालीन बैठक बसेको थियो ।

कमिटिले यो भाइरसका कारण आएको महामारी अब पनि कायमै रहेको निष्कर्ष निकालेको छ । डा.घेब्रेयेससले अझै पनि यसको खतरा कायम रहेको बताए । ‘धेरै देशलाई लागेको हुनसक्छ कोरोनाको खराब समय आएर गयो तर त्यहाँ दोस्रो लहर देख्न थालिएको छ ’ उनले भने, ‘शुरुवाती सप्ताहमा जहाँ संक्रमणको संख्या कम थियो अहिले तीव्र गतिमा बढिरहेको छ ।’

तीन महिनापछि फेरि कमिटिको बैठक हुने र कोरोनाको स्थितिको समीक्षा गरिने उनले बताए ।