झापाको टाङटिङ खोलाले बगाएर एक जनाको मृत्यु

Newslaya Home

झापाको टाङटिङ खोलाले बगाएर एक जनाको मृत्यु

आइतबार १८, साउन २०७७

झापा । झापाको टाङटिङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान खोला तर्ने क्रममा उक्त खोलाले बगाएर अर्जुनधारा नगरपालिका–४ का ५६ बर्षीय बिदुर पराजुलीको मृत्यु भएको हो ।

खोलाले पराजुलीलाई बगाएर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।