भारतमा एकैदिन ५१ हजार बढी कोरोना संक्रमित निको भए

Newslaya Home

भारतमा एकैदिन ५१ हजार बढी कोरोना संक्रमित निको भए

आइतबार १८, साउन २०७७

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु निकै बढेका छन् । शनिबार पनि ५४ हजार ८६५ जना संक्रमित फेला परेका छन् ।

शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी भाइरसका संक्रमित फेला परेका थिए । शुक्रबार ५७ हजार ४८६ जना नयाँ संक्रमित थपिएका हुन् ।

अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १७ लाख ५१ हजार ९१९ जना पुगेका छन् । शनिबार ८५२ जनाको ज्यानको मृत्यु भएसँगै मृतकको कुल संख्या ३७ हजार ४०३ पुगेको छ ।

हाल ५ लाख ६७ हजार २०५० जना सक्रिय संक्रमित रहेका छन् । शनिबार ५१ हजार २३२ जनालाई निको भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । गत बिहीबार त्यतिन्जेलको सबैभन्दा बढी ३७ हजार ४२५ जनालाई निको भएको थियो ।

हालसम्म निको हुनेको संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ८७९ पुगेको छ ।