अमेरिकामा एकैदिन १ हजार ४४२ कोरोना संक्रमितको मृत्यु

Newslaya Home

अमेरिकामा एकैदिन १ हजार ४४२ कोरोना संक्रमितको मृत्यु

आइतबार १८, साउन २०७७

काठमाडौं । संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४४२ जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

शनिबार त्यहाँ यो संख्यामा मानिसको मृत्यु भएको हो । विश्वको सबैभन्दा बढी कोभिड–१९ सङ्क्रमित र मृत्यु भएको अमेरिकामा कोरोना भाइरसका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार २६८ पुगेको अमेरिकाको आधिकारिक तथ्याङ्कमा छ ।

अमेरिकामा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा बढी पुगेको र अहिलेसम्म ४५ लाख सङ्क्रमित भएका उक्त जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

अमेरिकामा शनिबारसम्ममा कूल १४ लाख सङ्क्रमित निको भई घर फर्किएका बताइएको छ ।