रामधुनीमा कोरोना संक्रमण देखिएपछि अत्यावस्यक कामबाहेक नगरपालिका बन्द

Newslaya Home

रामधुनीमा कोरोना संक्रमण देखिएपछि अत्यावस्यक कामबाहेक नगरपालिका बन्द

शनिबार १७, साउन २०७७

रामधुनी । कोरोना भाइरसको संक्रमण देखिएको भन्दै अत्यावस्यक कामबाहेक रामधुनी नगरपालिका बन्द गर्ने निर्णय भएको छ ।

रामधुनी नगरक्षेत्रको समुदाय उच्च जोखिममा भएकाले शनिबार बेलुका राति १२ बजेदेखि साउन २४ गतेसम्म अत्यावस्यकबाहेक नगर तथा वडाका सम्पुर्ण काम तथा हाटबजार र ब्यापार–ब्यवसाय बन्द गराउने नगर कार्यपालिकाले निर्णय गरेको छ ।