कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा पुगेको प्रहरी टोलीमाथि आक्रमण, एसपीसहित छ जना घाइते

Newslaya Home

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा पुगेको प्रहरी टोलीमाथि आक्रमण, एसपीसहित छ जना घाइते

शनिबार १७, साउन २०७७

वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि वीरगञ्ज महानगरपालिका–३१ स्थित मिलन चोक पुगेको प्रहरी टोलीमाथि आक्रमण हुँदा जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तसहित छ जना प्रहरी घाइते भएका छन् ।

मिलनचोक क्षेत्रमा शव व्यवस्थापनका लागि एसपीसहितको टोली पुगेको र स्थानीयले विरोध गरेपछि कुरा मिलाउने प्रयास भइरहँदा ढुंगामुढा भएको थियो । स्थानीयले ढुंगामुढा गर्दा एसपी पन्तसहित ६ जना प्रहरी घाइते भएका हुन् ।

स्थिति सामान्य अवस्थामा ल्याउन हवाई फायर समेत गरिएको थियो । दर्जनौं राउण्ड अश्रुँग्यास प्रहार गरेपछि स्थिति केही नियन्त्रणमा आएको थियो ।

वीरगञ्जमा मृत्यु भएका तीन जनाको शव व्यवस्थापनको वातावरण बनाउने क्रममा आक्रमण भएको थियो । आक्रमणकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।