वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Newslaya Home

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

शनिबार १७, साउन २०७७

वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो दश दिनमा कोरोना संक्रमणबाट पर्सामा मृतकको संख्या १० पुगेको छ ।

नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज–१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै उनको बिहान १० बजे मृत्यु भयो र राति रिपोर्ट पोजेटिभ आयो ।

शुक्रबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

उनीसँगै संक्रमण पुष्टि भएकी नगवाकी ६० बर्षीया महिलाको अवस्था पनि गम्भिर छ । उनको बयोधा अस्पतालमै आईसीयूमा उपचार भइरहेको छ ।