बराहक्षेत्रमा पहिरो पन्छाउने क्रममा माथिबाट ढुङ्गा खस्दा एक जनाको मृत्यु

Newslaya Home

बराहक्षेत्रमा पहिरो पन्छाउने क्रममा माथिबाट ढुङ्गा खस्दा एक जनाको मृत्यु

शनिबार १७, साउन २०७७

धरान । चतरा–बराहक्षेत्रधाम जोड्ने सडक अन्तर्गत बराहक्षेत्र–१ स्थित १७ नम्बरमा खसेको पहिरो पन्छाउने क्रममा माथिबाट ढुङ्गा खस्दा तल यात्रा गरिरहेका एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

पहिरो पन्छाउने क्रममा माथिबाट एक्कासी ढुङ्गा खस्दा भोजुपर हाईखराङ्गका २२ बर्षीय राजकुमार राईको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, हाइखराङ्गकै करिब १३ बर्षिय अजय राई र २२ बर्षिय शंकर राई भने घाइते भएका छन् ।

घाइते दुई जनालाई उपचारका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पढाइएको इलाका प्रहरी कार्यलय चतराले जनाएको छ ।

घाइते मध्य १३ बर्षिय अजय राईको अवस्था गम्बिर रहेको छ भने मृतक राजकुमारको शरीरलाई पोष्टमाटमको लागि धरान बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ । स्काइभेटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।