नेपालमा आज थप ३१५ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या २० हजार नाघ्यो

Newslaya Home

नेपालमा आज थप ३१५ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या २० हजार नाघ्यो

शनिबार १७, साउन २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण हुनेको कुल संख्या २० हजार ८६ पुगेको छ ।

शनिबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा थप ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको मध्ये ३१५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

यस्तै आजै ९३ डिस्चार्ज भएका छन् । हालसम्म १४ हजार ५ सय ९२ जना निको भएका छन् ।
हाल सक्रिय संक्रमित पाँच हजार तीन सय ३८ जना छन् ।