अफगानिस्तानमा बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु

Newslaya Home

अफगानिस्तानमा बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु

शनिबार १७, साउन २०७७

एजेन्सी । अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तिब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

शुक्रबार राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको जनाइएको छ । बाढीले अरु सयौँ घर तथा भौतिक संरचनाहरुमा समेत क्षति पु¥याएको अधिकारीहरुको भनाइ छ ।

देशको नान्गाहार प्रान्तमा पर्ने कोज्कुनार जिल्लामा घटना भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगिएनीले जानकारी दिए । बाढीमा परेकाहरुलाई उद्धार गर्ने, घाइतेहरुलाई उपचार गर्ने र बेपत्ता भएकाहरुको खोजी गर्ने कार्य भने जारी रहेको बताइएको छ ।