सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित तीन जना पक्राउ

Newslaya Home

सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित तीन जना पक्राउ

शनिबार १७, साउन २०७७

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाबाट युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ट्रक चालकसहित तीन जना पक्राउ परेका छन् ।

चितवनको गैँडाटारबाट भुस लिन फतुवा विजयपुर नगरपालिका बरगिनियाचौक गएको ना २ ख ६७४६ नम्बरको ट्रकमा २१ वर्षीय युवती बलात्कृत भएको सूचनाको आधारमा तनहुँ जिल्ला ब्यास नगरपालिका वडा १ का ट्रक चालक २९ वर्षीय बिष्णु प्रसाद रानाभाट, सोहीठाँउका सहचालकहरु १८ वर्षीय बिनोद रानाभाट र १९ वर्षीय केशर मगरलाई पक्राउ गरिएको हो ।

गत बिहीबार बाराको पथलैयामा बाटोमा अलपत्र परेकी ती युवतीलाई घर पुर्याईदिन्छु भनी उनीहरुले ट्रकमा ल्याएका थिए । बरगिनिया चौक पुगेपछि युवतीलाई बन्धक बनाउँदै उनीहरुले ट्रकभित्रै बलात्कार गरेका थिए भने पिडितले रोई कराई गर्दा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

पीडित युवतीको शुक्रबार स्वास्थजाँच भइसकेको छ । आरोपी तिनैजनाविरुद्ध जबरजस्ती करणी सम्बम्धी मुद्धा दर्ता भई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्याद समेत थमाईएको र ट्रक समेत नियन्त्रणमा रहेको इन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिए ।

पीडित युवतीको अभिभावक हालसम्म सम्पर्कमा नआएकाले उनलाई तत्काल महिला तथा बालबालिका सेवाकेन्द्र गरुडामा राखिएको प्रहरीले जनाएको छ ।