सुर्यमुखी ब्लक कार्यक्रममा अनियमितता भएको भन्दै युवा कृषकहरु पुगे ज्ञानकेन्द्र

Newslaya Home

सुर्यमुखी ब्लक कार्यक्रममा अनियमितता भएको भन्दै युवा कृषकहरु पुगे ज्ञानकेन्द्र

-बाबुराम कार्की
शनिबार १७, साउन २०७७

प्रकाशपुर । बराहक्षेत्र वार्ड नंं. १० मा रहेको धरहरा कृषि सहकारी संस्थामा आएको सुर्यमुखी ब्लक कार्यक्रममा अनियमितता भएको भन्दै स्थानीय युवाहरुले हिसाब खोज्न थालेका छन् ।

कृषि ज्ञान कार्यालय सुनसरीबाट आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न गरेको सुर्यमुखी ब्लक कार्यक्रममा नक्कली किसान देखाएर लाखौ रकम अनियमितता गरेको भन्दै युवा किसानहरु स्थानीय तहदेखि जिल्ला ज्ञान केन्द्रसम्म अनियमितता खोज्न गएका छन् ।

स्थानीय युवा कृषक विश्वास बरालले भने विदेशमा मान्छे छ यहाँ माइनेटमा किर्ते सहि छ । बराहक्षेत्र १०, शान्ति चौकका धान्य प्रसाद सत्यल विदेशमा छन् । तर, उनको किर्ते सहि माइनेटमा गरएिको छ ।’ शुक्रबार युवा कृषकहरुको टोली जिल्ला ज्ञानकेन्द्र पुगेर धरहरा कृषि सहकारी संस्थामा आएको सुर्यमुखी ब्लक कार्यक्रमको बारेमा ज्ञानकेन्द्रमै बुझ्दा र कागजातहरु हेर्दा विदेश गएका मान्छेहरुको समेत सहि गरेर अनियमितता गरेको पाइयो । यसका लागि हामी जँहा जानु परेपनि जान तयार छौ अनियमितता र किसानको पसिनामा रमाउनेहरुलाई नछोड्ने विश्वासले बताए ।

‘प्रकाशपुरमा आएका जतिपनि ब्लक कार्यक्रमहरु छन् त्यसमा पूर्ण रुपमा घोटला भएको छ । च्याउ, माछा र सुर्यमुखीको जोन ब्लक कार्यक्रममा ल्याइएका कागजातहरु किर्ते सहि गरेर ढाटेर ल्याइएको हुँदा सत्यतथ्य बुझ्न र छानबिन होस् भनी सरोकारवाला निकायहरु र सरकारसँग माग गर्छाै विश्वास बरालले भने ।

’ उनले भने, स्थानीय भिष्मनारायण अधिकारीले यो कार्यक्रम मैले ल्याएको हो, तिमीहरु सिकुवा साढे हौ, तिमीहरुलाई के थाह यहाँ माथि माथिबाट कति कुरा मिलाएर ल्याएको कार्यक्रम हो, पाकेको भात पस्किने बेलामा मलाई भाग हाल्दे भन्दै आउने ? भनी उल्टै हामीसँग कड्किए ।

ज्ञानकेन्द्र पुगेका कृषक अनोद थुलुङ भन्छन्, ‘कृषिमा भएको लुटतन्त्रलाई अन्त्य गर्नको लागि सुर्यमुखी ब्लक कार्यक्रममा भएको कागजातहरु संकलन गर्न र बुझ्न आएको वताए ।

कृषि आधुनीकरणमा ब्यापक अनियमितता हुँदै आएको, यसमा ज्ञानकेन्द्रका कर्मचारीहरुको पनि मिलेमतो देखिएकाले आउने कार्यक्रमहरुमा यस्तो अनियमितता नदेखियोस् र विचौलियाको चलखेल बन्द होस् भन्नका लागि ज्ञानकेन्द्रमा आएको थुलुङले बताए ।

नेपाल सरकारले दिएको अनुदान वास्तविक किसान सम्म पुगोस् भन्नका लागि पनि हामीले आवाज उठाएका हौ ।’ उनले भने विचौलियाहरुको चलखेल अन्त्य गर्नको लागि स्थानीय निकाय, प्रदेश हुँदै केन्द्रसम्म पनि पुग्ने बताए ।

बराहक्षेत्र–९ कै गणेश निरौला भने, ‘धरहरा कृषि सहकारी संस्थाको अनियमितताको छानबिन गर्न बिल भर्पाईहरु हेर्न आएको बताए । उनले भने ‘सुर्यमुखी ब्लक कार्यक्रममा आएका सामानहरुको बारेमा सहकारीका अध्यक्ष कृष्ण अधिकारीसँग बुझ्दा आफुलाई थाह नभएको बताए र त्यहाँ आएका सामानहरु रातारात नभए पछि के रहेछ त भनेर बुझ्न आएका हौ ।’

बराहक्षेत्र–९ कै युवा नवीन तिम्सिना भन्छन्, सहकारीसँग आवद्ध भएपनिअहिले सम्म नेपाल सरकारबाट कृषि अनुदान नपाएको बताए । कृषि माफियाहको हावी भएकाले वास्तविक किसानहरुले नपाएको बताए । सहकारीमा ७० लाख सुर्यमुखी ब्लकमा आएको थियो, जसमा ३५ प्रतिशत सहकारीले र ३५ प्रतिशत नेपाल सरकारले व्यहोर्ने भनेको थियो । तर, समिति र संयन्त्रसँग बिल भर्पाइहरु माग गर्दा खुलाइएको छैन ।

ज्ञानकेन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवले भने, कार्यलयले ३५ दिने सूचना निकालेर समूह, सहकारीहरुले आवेदन फारम भरेका मध्ये धरहरा सहकारी संस्थाले कार्यक्रम पाएको हो र सञ्चालक समिति गठन गरेर कार्यक्रम अगाडि बढेको थियो । समितिको माग अनुसार विभिन्न सामाग्रीहरु र बिउजिन पुँजिगततर्फबाट भएको हो । यस कार्यलयबाट कुनै किसिमको हिनामिना र कमिसनको काम नभएको बताए । सहकारीबाट अनियमितता भएको पाइए नियम अनुसारको कारबाही हुने समेत उनले बताए ।

धरहरा कृषि सहकारी संस्थाले ट्रयाक्टर र हाते ट्रयाक्टरको सूचना नै प्रकाशित नगरी आफुखुसी मताहातका कृषकलाई दिएको थियो । सहकारीका सदस्यहरुबाट चौतर्फी दवाव आएपछि सहकारीले सूचना टाँस गरेर स्प्रे ट्यांकी, त्रिपाल र पानी तान्ने मोटरको लागि किसानहरुलाई माग फारम भर्न सूचना निकालेको विश्वासले बताए ।

यता धरहरा कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णमणि अधिकारीसँग बुझ्दा उनले भने कृषकसँग धनीपुर्जा मागेर ब्लक कार्यक्रमका लागि पठाएको र सञ्चालक समितिले निर्णय गरेर ब्लक कार्यक्रम हेर्नका लागि प्रेमनारायण अधिकारीलाई जिम्मा दिएको वताए । संस्थाको कागजातहरु पनि दिएको अधिकारीले जानकारी दिए ।

कृष्णमणिले भने ‘३४ लाख रुपैया संस्थाको पैसा समेत एक दिनको लागि दिएका थियौ । संस्थाले बेग्लै समितिलाई ब्लक कार्यक्रमको जिम्मा दिएपनि संस्थाकै नाम जोडिएकाले हामीले जिम्मा दिएको समितिले संस्थालाई पारदर्शी रुपमा हरहिसाब बुझाउनुप¥यो ।’

युवाहरुले बराहक्षेत्रको ९ र १० मा भएका सामाजिक संघ संस्थाहरुले सेवाग्राहीहरुलाई झुक्याएर, छलेर काम गरेको पाइए, ती सामाजिक संघ संस्थाहरुको पनि सामाजिक रुपमा हरहिसाब खोज्ने स्थानीय विश्वास बरालले बताए ।
धरहरा कृषि सहकारी संस्था स्थापना भएसँगै प्रकाशपुरसँग जोडिएका गाँउहरुले समेत सहकारीबाट सुविधा लिदै आएका थिए । संस्थामा छ सय ५० जना सेयर सदस्य रहेका छन् ।

2 प्रतिकृयाहरू प्राप्त
  • अमृतलेख्नुहुन्छ
  • |
  • शनिबार १७, साउन २०७७
होइन अचेल प्रकाशपुर - शान्ती चोक , ज्ञानजोति बिद्यालय आसपास का २/४ जना कस्ता कस्ता घोटलाकारी भए भन्दा सरकारी अनुदान वा बजेट पुरै सखाब नै पार्छन बा ! कहिले आवशिय बजेट १० लाख ज्वाम त कहिले किर्ते सहि गरेर सुर्यमुखी ब्लक को अनुदान गायब होइन अब त युवा साथिहरु अक्तियार मा उजुरी देउ दुई चार जना जेल नपठाई भएन हौ।
  • Dil pokhrelलेख्नुहुन्छ
  • |
  • शनिबार १७, साउन २०७७
दाजुभाइ नै रहेछन नि घोटाला गर्ने ,कानुन मा नि होला नि यस्ता लाइ सजाय । छोड्नु हुन्न यस्ता लाइ कडा भन्दा कडा कारबाही गर्नु पर्छ ।