मोरङको पथरीमा लागुऔषध गाँजा बिक्री बितरण गर्ने दुई जना पक्राउ

Newslaya Home

मोरङको पथरीमा लागुऔषध गाँजा बिक्री बितरण गर्ने दुई जना पक्राउ

शनिबार १७, साउन २०७७

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध गाँजा बिक्री बितरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय बर्ममोहन यादवले लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा उनको घरबाट १ केजी गाँजा र नगद ८ हजार १५० बरामद गरेको हो ।

यसैगरी गरी सोही कार्यमा संग्लग्न पथरी शनिश्चरे नगरपालिका४ का १८ बर्षीय दिनेश धिमाललाई समेत पक्राउ गरिएको र दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।