इलाममा माइ खोलाले बगाएर एक युवाको मृत्यु

Newslaya Home

इलाममा माइ खोलाले बगाएर एक युवाको मृत्यु

शनिबार १७, साउन २०७७

इलाम । इलामको माई खोलाले बगाएर एक जनाको ज्यान गएको छ ।

शुक्रबार बिहान परिवार सहित माई खोलामा पुजा गर्न गएको र पुजा गर्नु अगाडी खोलामा नुहाउने क्रममा उक्त खोलाले बगाउँदा माङसेबुङ गाउँपालिका–५ का २८ बर्षीय चन्द्र बहादुर थेगिमको मृत्यु भएको हो ।

खोलाले बगाउदा थेगिमको मृत्यु भएको भनी आफन्तले खबर गरे संगै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।