भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एक बृद्धको मृत्यु

Newslaya Home

भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एक बृद्धको मृत्यु

शनिबार १७, साउन २०७७

चितवन । पूर्वी चितवनको कालिका–८ मा होम क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ ।

साउन ८ गते भारतबाट आएर होम क्वारेन्टिनमा रहेका ६९ वर्षिय वृद्धको शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जानएको छ । मृत्यु पश्चात उनको स्वाब परीक्षणका लागि भरतपुर कोभिड १९ प्रयोगशालामा पठाइएको जानइएको छ । मृत्यु भएका वृद्धको शव हाल भरतपुर अस्पतालमा राखिएको छ ।

उनी घर आएको विषयमा कसैलाई पनि जानकारी नगराइएको र आएको तीन दिन पछि मात्र समुदायले जानकारी पाएका थिए । त्यस पछि होम क्वारेन्टिनमा राखिएको थियो । उनको स्वाब परीक्षणको नतिजा आएपछि मात्रै दाहा संस्कारको काम अगाडि बढाइने जानइएको छ ।