विराटनगरमा लकडाउन कडा

Newslaya Home

विराटनगरमा लकडाउन कडा

शनिबार १७, साउन २०७७

विराटनगर । विराटनगरमा कोरोना संक्रमित बढ्दै गएको र समुदाय स्तरमा कोरोना सङ्क्रमण बढ्न थालेपछि आज (शनिबार) देखि १४ दिने लकडाउन सुरु भएको छ ।

यस भन्दा अघि केन्द्र सरकारले घोषणा गरेको भन्दा विराटनगर उपमहानगरपालिकाले घोषणा गरेको लकडाउन कडा रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

विराटनगरको विभिन्न चौक र सडकहरूमा नगर प्रहरी, प्रहरी लगायतका सुरक्षाकर्मी परिचालन भएका छन् । विराटनगर महानगरपालिकामा मात्रै अहिले सम्म १ सय ८ जनालाई कोरोना सङ्क्रमण भएको छ । यसै गरी प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत २५ जना प्रहरी समेत कोरोना संक्रमित भएका छन् ।

तीव्र रूपमा कोरोना सङ्क्रमण देखिन थाले पछि विराटनगर महानगरपालिकाको बैठकले लकडाउनको घोषणा गरेको हो ।