कोरोना जितेर गोठगाउँबाट २५ जना डिस्चार्ज

Newslaya Home

कोरोना जितेर गोठगाउँबाट २५ जना डिस्चार्ज

शनिबार १७, साउन २०७७

विराटनगर । गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड आईसोलेशन अस्पतालबाट शनिबार बिहान २५ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु सबैजना पुरुष रहेको जनाइएको छ ।

लक्षणबिहीन संक्रमित राखिदै आएको पीयू कोभिड आइसोलेशनमा भर्ना गरिएकाहरुको पछिल्लो पीसीआर परीक्षण नेगेटिभ देखिएपछि घर पठाइएको हो । डिस्चार्ज हुनेहरुमा धनकुटाका ३ जना, इलामका १ जना, ओखलढुंगाका ५ जना, झापाका दुईजना सशस्त्र प्रहरीसहित ७ जना, सुनसरी ३ जना, मोरङ ५ जना, सोलुखुम्बु १ जना रहेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको आईसोलेशनमा हालसम्म ४३५ जना संक्रमित भर्ना भईसकेका छन् । जसमध्ये ३४१ जना डिस्चार्ज भएका छन् ।