मोरङका खोलामा बगेका तथा फसेका तीनजनाको सकुशल उद्धार

Newslaya Home

मोरङका खोलामा बगेका तथा फसेका तीनजनाको सकुशल उद्धार

शनिबार १७, साउन २०७७

मोरङ । मोरङको लेटाङ्ग नगरपालिका र केराबारी गाँउपालिका भएर बग्ने दुई खोलामा बगेका तीनजनाको सकुशल उद्धार भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार बेलुका केराबारीस्थित खदम खोलामा बगेका दुईजनाको उद्धार गरिएको हो ।

धनकुटाको छिन्तांगका स्थायी २४ वर्षीय रोशन राई र १९ वर्षीया ममता राईलाई खोलाले बगाउँदै गर्दा प्रहरी र स्थानीयले बचाएका थिए । केराबारी–६ स्थित नातेदारकोमा बस्दै आएका दुवैजनालाई तर्ने क्रममा खोलाले बगाएको थियो ।

त्यसैगरि लेटाङ्ग नगरपालिकामा बेलुका जंगलबाट दाउरा लिएर फर्कने क्रममा स्थानीय सन्तोष राई पनि चिसांग खोलाको बीचको जमिनको ढिक्कामा फसेका थिए । ४५ वर्षीय सन्तोषलाई प्रहरी, सेना र स्थानीयको संयुक्त पहलमा उद्धार गरिएको हो ।