तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत १४ लाखसहित अख्तियारको नियन्त्रणमा

Newslaya Home

तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत १४ लाखसहित अख्तियारको नियन्त्रणमा

शनिबार १७, साउन २०७७

दाङ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको १४ लाख ४८ हजार सहित नियन्त्रणमा लिएको छ ।

स्रोत नखुलेको अस्वाभाविक रकम लिई हिँडेको सूचनाका आधारमा केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले काठमाडौंको नागढुंगामा उपाध्याय सवार बा २ झ ४०९९ नम्बरको सरकारी गाडीमा खानतलासी गर्दा स्रोत नखुलेको रकम फेला पारेको आयोगले जानकारी दिएको छ ।

१ लाख २४ हजार नगद र फिक्स्ड तथा बैंक डिपोजिट गरिएका १३ लाख २४ हजार रुपैयाँसहित उपाध्यायलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।