आजदेखि अमेरिकामा पनि टिकटक प्रतिबन्ध

Newslaya Home

आजदेखि अमेरिकामा पनि टिकटक प्रतिबन्ध

शनिबार १७, साउन २०७७

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउन लागेको बताएका छन्। ट्रम्पले आज (शनिबार) नै यससम्बन्धी आदेशमा हस्ताक्षर गर्ने जानकारी दिएका हुन्।

अमेरिकी सुरक्षा अधिकारीहरुले यसअघि नै टिकटक एपबाट निजी तथ्याङ्कको सुरक्षालाई लिएर चिन्ता जनाएका थिए। अमेरिकाको यो कदम टिकटक निर्माता कम्पनी बाइटडान्सका लागि निकै ठूलो झट्का हुन सक्नेछ।

यो कम्पनीले टिकटक बेच्न लागेको र माइक्रोसफ्टले खरिद गर्न लागेको खबरहरू बाहिरिएका छन्‌। भारतले यसभन्दा अघि नै चीनद्वारा निर्मित दर्जनौं मोबाइल एप्लिकेशनमा प्रतिबन्ध लगाइसकेको छ।