ठगि मुद्दामा इटहरीका एक व्यक्ति पक्राउ

Newslaya Home

ठगि मुद्दामा इटहरीका एक व्यक्ति पक्राउ

शनिबार १७, साउन २०७७

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले ठगि मुद्दामा इटहरीका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी १ का ५३ बर्षीय यम बहादुर राई रहेका छन् । इटहरीकै एक जना महिलाले दिएको उजुरीको आधारमा प्रहरीले राईलाई शनिबार नियन्त्रणमा लिएको हो । पक्राउ परेका ब्यक्तिले ती महिलालाई बैँकमा रकम नभएको ४ लाख ५० हजारको चेक दिएर ठगि गरेको खुल्न आएको छ ।

पक्राउ परेका राईले जग्गाको किनबेच गर्ने भन्दै बिभिन्न ब्यक्तिहरुसँग त्यसरी नै चेक दिने गरेको खुलेको प्रहरीले जनाएको छ ।