अज्ञात समूहद्वारा एक दम्पतिमाथि धारिलो हतियार प्रहार, श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

Newslaya Home

अज्ञात समूहद्वारा एक दम्पतिमाथि धारिलो हतियार प्रहार, श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

शनिबार १७, साउन २०७७

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गएराति अज्ञात समूहले एक दम्पतीमाथि धारिलो हतियार प्रहार गर्दा ५५ वर्षीय बेलु खातीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए ।

उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए ।

गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ भने घटना खाती परिवारको घरमै मध्यरातमा भएको हुनसक्ने थापाले बताए ।

उनले घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।