यस्तो छ आजको मौसम

Newslaya Home

यस्तो छ आजको मौसम

शनिबार १७, साउन २०७७

काठमाडौं । आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा बताएको छ ।

महासाखाका अनुसार मनसुनी वायुको प्रभाव तथा मनसुनी न्यूनचापीय रेखा पूर्वी तराई नजिकै रहेकाले आज पनि थोरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको हो ।

आज प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।

तर लगातारको झरी भने कतै पनि हुनेछैन । पर्सिसम्म हिजोअस्तिको भन्दा थोरै पानी परे पनि मंगलबार र बुधबार भने केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको छ ।