फ्रेन्च लिग कपको उपाधि पीएसजीलाई

Newslaya Home

फ्रेन्च लिग कपको उपाधि पीएसजीलाई

शनिबार १७, साउन २०७७

काठमाडौँ । फ्रेन्च लिग कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जीतेको छ ।

शुक्रबार राति लियोनलाई सडन डेथमा पीएसजीले ६-५ ले हराउँदै लिगको उपाधि जीतेको हो ।

सुरुवातको १० पेनाल्टी गोलमा परिणत भएपछि खेल सडन डेथमा परिणत भएको थियो । सडन डेथमा पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए भने पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाए ।

यसअघि गत शुक्रबार पीएसजीले सेन्ट ईटिएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि जीतेको थियो ।