पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु  

Newslaya Home

पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु  

शनिबार १७, साउन २०७७

काठमाडौं । भारतको पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको छ ।

पन्जाबको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ ।

मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले घटनाको बारेमा अनुसन्धान थाल्न निर्देशन दिइसकेका छन् । उनले रक्सी बनाइने इकाइमा अनुसन्धान गर्न निर्देशन दिँदै घटनामा संलग्नलाई कडा कारबाही गर्ने बताए ।