भारतमा मदिरा नपाएपछि स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

Newslaya Home

भारतमा मदिरा नपाएपछि स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

शनिबार १७, साउन २०७७

काठमाडौं । भारतको आन्द्र प्रदेशमा सरकारले मदिरा पसल बन्द गरेपछि स्यानिटाइजर पिएर कम्तिमा दश जनाको मृत्यु भएको छ।

कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएको आन्द्र प्रदेशको कुरिचेदुका ती व्यक्तिहरूले स्यानिटाइजर पिएका थिए।

जिल्ला प्रहरी कार्यलयका प्रमुख सिद्धार्थ कौशलले दिएको जानकारीअुसार उनीहरूले पानी र ‘सफ्ट ड्रिङ्क’मा मिसाएर स्यानिटाइजर पिएका थिए।

उनीहरू मदिरामै निर्भर रहेको र मृत्यु हुनुभन्दा दश दिन अगाडिदेखि स्यानिटाइजर पिउँदै आएका बताइएको छ । उनीहरूले पिएको स्यानिटाइजरको स्याम्पल परीक्षणका लागि पठाइएको छ ।