वीरगंजमा सांसद र डाक्टरसहित थप ६४ जनामा कोरोना पुष्टि

Newslaya Home

वीरगंजमा सांसद र डाक्टरसहित थप ६४ जनामा कोरोना पुष्टि

शनिबार १७, साउन २०७७

वीरगंज । पर्सा १ का सांसद प्रदीप यादवसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यादवका निजी सुरक्षाकर्मी र चालकको पनि संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालले शुक्रबार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार नारायणी अस्पतालकै एक डाक्टरमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै, एक जना पारामेडिक स्टाफलाई पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ३ महिला र ६१ पुरुष छन् । संक्रमित १५ देखि ६८ वर्ष उमेर समूहका छन् । वीरगंज मिना बजार गहवा क्षेत्रबाट मात्र ३० घरभन्दा बढीमा संक्रमित भेटिएका हुन् ।

संक्रमण पुष्टि भएका एक व्यक्तिको निधन भइसकेको छ । ६४ मध्ये ६२ वीरगंजका एक बाराका र एक रौतहटका हुन् ।