अछाममा भालुको आक्रमणबाट तीन जना घाइते

Newslaya Home

अछाममा भालुको आक्रमणबाट तीन जना घाइते

शुक्रबार १६, साउन २०७७

धनगढी । अछामको रामारोशन गाउँपालिका–६ भाटाकाटीयास्थित तुर्सानी सामुदायिक वनमा शुक्रबार भालुले आक्रमण गर्दा तीन जना घाइते भएका छन् ।

दिउँसो घाँस दाउरा काट्न जंगलमा गएका वेला उनीहरु आक्रमणमा परेका हुन् । भालुको आक्रमणबाट घाइते भएका उनीहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घाइतेलाई बयालपाटा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए ।