बराहक्षेत्र नगरपालिकामा अत्यावश्यक कामबाहेक प्रवेशमा रोक

Newslaya Home

बराहक्षेत्र नगरपालिकामा अत्यावश्यक कामबाहेक प्रवेशमा रोक

शुक्रबार १६, साउन २०७७

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अत्यावश्यक कामबाहेक प्रवेशमा रोक लगाइएको छ ।

शुक्रबार एक सुचना जारी गर्दै नगरले अत्यावश्यक कामबाहेक सेवाग्राहीलाई नगर कार्यपालिकाको कार्यालय प्रवेशमा रोक लगाएको हो ।

कोभिड–१९ को प्रकोप देशव्यापी रुपमा वृद्धि भइरहेको र बाहिरी जिल्ला तथा देश विदेशबाट समेत मानिस आवतजावत गर्ने क्रम जारी रहेकाले कार्यालयमा अत्यावश्यक कामबाहेक नगर कार्यपालिकामा प्रवेश गर्न रोक लगाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोख्रेलद्वारा हस्ताक्षरित सूचनामा सुनसरी जिल्लामा समेत कोभिड–१९ को संक्रमण देखिएकाले काम दर्साई, अनिवार्य मास्कको प्रयोग गरी, साबुन पानीले हात सफा गरी र थर्मल गनबाट चेक गराईमात्र कार्यालय प्रवेश गर्न अनुरोध गरिएको छ ।