इलामका पाँच पुरुषमा आज कोरोना पुष्टि

Newslaya Home

इलामका पाँच पुरुषमा आज कोरोना पुष्टि

शुक्रबार १६, साउन २०७७

विराटनगर । इलाममा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको पीसीआर परिक्षणमा इलामको इलाम नगरपालिकाका ५ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

प्रदेश १ मा आज ८ महिला र २३ पुरुष गरी ३१ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये झापाका १३, मोरङका १२, इलामका ५ र उदयपुरका १ जना रहेका छन् ।
यो संख्यासँगै प्रदेश १ मा संक्रमितहरुको संख्या १ हजार २४ पुगेको छ ।