नेपालमा आज थप २२४ जनामा कोरोना पुष्टि, मृतकको संख्या ५६ पुग्यो

Newslaya Home

नेपालमा आज थप २२४ जनामा कोरोना पुष्टि, मृतकको संख्या ५६ पुग्यो

शुक्रबार १६, साउन २०७७

काठमाडौं । नेपालमा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय २४ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ५१ जना निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म १४ हजार ३ सय ९९ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल देशभर ५ हजार ३ सय १६ सक्रिय संक्रमित छन् । त्यस्तै ५६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।