फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध फौजदारी मुद्दा

Newslaya Home

फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध फौजदारी मुद्दा

शुक्रबार १६, साउन २०७७

एजेन्सी । विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोगमा मुद्दा दायर गरिएको छ ।

स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको आरोपमा फिफा अध्यक्ष इन्फान्टिनोविरूद्ध स्विट्जरल्यान्डमा मुद्दा दायर गरिएको हो ।

अदालतले लौबरले फिफाको छानबिन गरिरहेका बेला फिफा अध्यक्ष इन्फान्टिनोलाई भेटेको कुरा लुकाएको जनाएको छ । फिफा अध्यक्ष जियानी र महान्यायाधिवक्ता लौबेर दुवैले आफूले गल्ती नगरेको बताउदै आएका छन् । फिफाको भ्रष्टाचार अध्ययनका क्रममा गत हप्ता सो बैठकमा उपस्थित भएको र सुपरभाइजरलाई ढाँटेको अभियोगमा लौबरलाई राजीनामा दिन प्रस्ताव गरिएको थियो । तर, उनीहरु दुवैले उक्त बैठकमा कुनै गलत नगरेको बताउँदै आएका छन् ।