मृगौला पिडितलाई महिला बचतको आर्थिक सहयोग

Newslaya Home

मृगौला पिडितलाई महिला बचतको आर्थिक सहयोग

शुक्रबार १६, साउन २०७७

इटहरी । महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले दुबै मृगौलामा समस्या भएर उपचार गराई रहेकी एक सेयर सदस्यलाई आर्थिक सहयोग गरेको छ ।

मृगौला रोगबाट पिडित इटहरी–४ की संस्थाकी सेयर सदस्य लक्ष्मीदेवी श्रेष्ठलाई उपचारमा सहयोग पुगोस भनेर महिला बचत तथा ऋण सहकारीले तीस हजार सहयोग गरेको हो ।

दुवै मृगौलामा समस्या भएकी श्रेष्ठ हाल विराट मेडिकल कलेज टिचीगं हस्पिटलमा सातामा दुई पटक डायलासिस गराउदै आएको बताइएको छ । महिला बचत तथा ऋण सहकारी संस्थाले मृगौला , क्यान्सर , मृटु रोगी लगायतका आफ्ना सेयर सदस्यहरुलाई स्वास्थ्य उपचारका लागि उपचारार्थ सहयोग गर्ने निती लिएको छ ।