भोलिदेखि विराटनगरमा दुई साताका लागि लकडाउन

Newslaya Home

भोलिदेखि विराटनगरमा दुई साताका लागि लकडाउन

शुक्रबार १६, साउन २०७७

विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा पुनः लकडाउन गरिने भएको छ ।

कोरोना भाइरस संक्रमण बढेका कारण भोलि शनिबारदेखि दुई सातासम्मका लागि लकडाउन गरिने भएको हो ।

शुक्रबार राति १२ बजेबाटै महानगरपालिका क्षेत्रभित्र १४ दिन लकडाउन गर्ने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए ।

लकडाउन थप कडा हुने विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

विराटनगरमा कोरोना संक्रमितको संख्या सय नाघेको छ । शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १०७ पुगेको हो ।