अफगानिस्तानमा बम आक्रमणमा परी १७ जनाको मृत्यु

Newslaya Home

अफगानिस्तानमा बम आक्रमणमा परी १७ जनाको मृत्यु

शुक्रबार १६, साउन २०७७

काठमाण्डौ । अफगानिस्तानको लागोर प्रान्तमा भएको कार बम हमलामा परी १७ जनाको मृत्यु भएको छ । उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कारबम आक्रमण भएको बताइएको छ।

बिहीबार भएको सो आक्रमणमा परी कम्तीमा पनि १७ व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस घटनामा परी दर्जनौ व्यक्ति घाइते भएका छन्। उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ।

यस आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैन।