इलाममा बाबुआमालाई खुकुरी प्रहार गर्ने युवा पक्राउ

Newslaya Home

इलाममा बाबुआमालाई खुकुरी प्रहार गर्ने युवा पक्राउ

शुक्रबार १६, साउन २०७७

इलाम । इलामको सूर्योदय नगरपालिका–४ स्थित आफ्नै बुबा, आमा र हजुरबुबालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण खुकुरी प्रहार गरेको आरोपमा सूर्योदय–४ सिद्दीखोला बस्ने २३ वर्षीय समिर घलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घलेले आफ्नै बुबा, आमा र हजुरबुबालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीअन्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।