इलाममा वृद्धभत्ता लिएर फर्कीएकी एक वृद्धा मृत फेला

Newslaya Home

इलाममा वृद्धभत्ता लिएर फर्कीएकी एक वृद्धा मृत फेला

शुक्रबार १६, साउन २०७७

इलाम । इलामको देउमाई नगरपालिका–२ मा रहेको सार्की खोलामा ७२ वर्षीया एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन् ।

बिहीबार अपरान्ह इलाम नगरपालिककाको कार्यालयमा वृद्ध भत्ता लिन गई घर फर्कदै गरेकी देउमाई नगरपालिका–४ की ७२ बर्षीया सन्च रानी लिम्बु उक्त खोलामा मृत फेला परेकी हुन् ।

खोलामा वृद्धा मृत अवस्थामा रहेको भन्ने जानाकरी पाए लगत्तै ईलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली खटि गई मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।