इलामका थप ५ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

Newslaya Home

इलामका थप ५ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

शुक्रबार १६, साउन २०७७

इलाम । इलाममा पाँच जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

असार ११ गते श्वाव संकलन गरेका १५ जनामध्ये पाँच जनामा संक्रमण पोजेटिभ देखिएको हो । शुक्रबार (आज) देखिएका सबै सदरमुकामस्थित शसस्त्र प्रहरीको एक नम्बर ग
णमा कार्यरत सशस्त्र प्रहरी रहेका छन् ।

उनीहरुलाई थप उपचारका लागि मोरङको गोठगाउँमा लाने तयारी भइरहेको सशस्त्र प्रहरीको एक नम्बर गणले जनाएको छ । यसअघि पनि पाँच जनामा संक्रमण देखि सकिएको छ । आज देखिए सँगै सशस्त्र प्रहरीका १० जना पुगेका छन् ।

यसअघि इलामका ३५ जनामा संक्रमण देखिएको थियो । ५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।