पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

Newslaya Home

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

शुक्रबार १६, साउन २०७७

काठमाडौं । पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुरकी ६५ वर्षीया महिलाको शुक्रबार(आज) बिहान निधन भएको अस्पतालले जनाएको छ।

स्टार अस्पतालमा उपचारका क्रममा कोरोना पोजिटिभ देखिएपछि उनलाई साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले उनलाई निमोनिया भएको जानकारी दिए।

योसहित नेपालमा कोरोना संक्रमण भएका ५६ जनाको मृत्यु भएको छ।