बुढीगंगामा लागुऔषध कारोबारीद्वारा प्रहरीमाथि आक्रमण, तीन जना प्रहरी घाइते

Newslaya Home

बुढीगंगामा लागुऔषध कारोबारीद्वारा प्रहरीमाथि आक्रमण, तीन जना प्रहरी घाइते

शुक्रबार १६, साउन २०७७

मोरङ । मोरङको बुढीगंगामा प्रहरी र लागुऔषध कारोबारीबीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् । प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले दुई राउण्ड गोलीसमेत चलाएको थियो ।

लागुऔषधको कारोबार भइरहेको सूचना पाए लगत्तै गएको प्रहरी टोलीमाथि अचानक आक्रमण भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना भएको ठाउँ बुढीगंंगा गाउँपालिका वडा नम्बर १ आरती स्ट्रिप्स पछाडिपट्टि गरैया बस्तीमा हो । झडपमा तीन जना प्रहरी कर्मचारी घाइते भएको र एकको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर घाइतेको विराटनगरको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको जानइएको छ ।