कोरोना संक्रमण बढदै गएपछि जलेश्वरमा निषेधाज्ञा

Newslaya Home

कोरोना संक्रमण बढदै गएपछि जलेश्वरमा निषेधाज्ञा

शुक्रबार १६, साउन २०७७

जनकपुरधाम । कोरोना संक्रमण बढदै गएपछि महोत्तरीको जलेश्वरमा निषेधाज्ञा जारी गरिएको छ।

महोत्तरीमा कोरोना संक्रमण बढदै गएको र कोरोनाको कारण एकजनाको मृत्यु समेत भइसकेको अवस्थामा सदरमुकाम जलेश्वर क्षेत्रमा अतिआवश्यक सेवा बाहेक सम्पूर्ण सेवाबन्द गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले निर्देशन दिएको छ।

शुक्रवार राति ११ बजे देखि लागुहुने गरि ५ दिनको लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीको अनुसार महोत्तरीमा हाल सम्म ८ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको कोरोनाको कारण मृत्यु भएको छ।।