सुनको मूल्य एक लाख नजिक

Newslaya Home

सुनको मूल्य एक लाख नजिक

शुक्रबार १६, साउन २०७७

काठमाडौं । सुनको मूल्य एक लाख रुपैयाँ नजिक पुगेको छ । सुनको मूल्य शुक्रबार(आज) पनि बढेर प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिनको तुलनामा तीन सय रुपैयाँ बढेको हो । यसैगरी तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदी बिहीबार भन्दा २५ रुपैयाँले सस्तो भएर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।