अनुमति पाएका नेटवर्किङ कारोबारलाई पनि रोक्न निर्देशन

Newslaya Home

अनुमति पाएका नेटवर्किङ कारोबारलाई पनि रोक्न निर्देशन

शुक्रबार १६, साउन २०७७

काठमाडौं । नेटवर्किङ कारोबारलाई वैधता दिने विषयमा सरकार अलमलमा परेको छ । केही समयअघि देखि नेटवर्क व्यवशायलाई सञ्चालन स्वीकृती दिन थालेकोमा स्वीकृति खोस्ने गरी सरकार अघि बढेको छ । इजाजत पाएका कम्पनीलाई तत्काल कारोबार गर्न नदिन निर्देशन दिएको छ भने नयाँ कम्पनीलाई पनि इजाजत नदिन निर्देशन दिइएको छ ।

संघीय संघीय संसद्को उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले अनुमति दिइएको विषयमा छानबिन गर्न उपसमिति गठन गरेको छ । उपसमितिले एक महिनाभित्र इजाजत प्राप्त कम्पनीका विषयमा अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउनेछ । समितिका सभापति विमल श्रीवास्तवले उपसमितिको प्रतिवेदनका आधारमा सरकारलाई कारबाहीको निर्देशन दिइने जानकारी दिए ।

प्र्रत्यक्ष वस्तु बिक्रीका नाममा नेटवर्किङ व्यवसाय मौलाउन लागेको भन्दै १३ वटा उजुरी परेपछि समितिले उपसमिति बनाएर अध्ययन अनुसन्धान थालेको हो । अधिकांश सांसदले सरकारकै स्वीकृतिमा नेटवर्किङ व्यवसाय मौलाउन लागेको भन्दै चिन्ता व्यक्त गरे ।

वस्तु प्रत्यक्ष बिक्री गर्न सरकारले स्वीकृति दिए पनि वस्तुको प्रमाणीकरण र ल्याब टेस्ट नभएकाले उपभोक्ता ठगिने आशंका सांसदहरूको छ । सांसद मुकुल न्यौपानेले हर्बो र युनिटीका ठग सञ्चालकलाई हालसम्म कारबाही गर्न नसकेको सरकारले त्यस्तै प्रकृति र विगतमा सक्रिय रहेका व्यक्तिलाई पुनः नयाँ कम्पनी सञ्चालन गर्न अनुमति दिइएको बताए ।

सांसद गोपालबहादुर बमले चिनेजानेका र आफन्तबाटै ठगिने भएकाले नेटवर्किङलाई वैधता दिन नहुने बताए । सांसद सुजाता परियारले वस्तु तथा सामान बिक्री गर्दा पनि उपभोक्ता ठगिने बताए ।

सरकारले भने वस्तु प्रत्यक्ष बिक्री गर्न इजाजत दिएको दाबी गर्दै नेटवर्किङ गरे कडा कारबाही गरिने प्रतिबद्घता जनाएको छ । उद्योगमन्त्री लेखराज भट्टले नेटवर्किङ व्यवसायको हकमाभन्दा प्रत्यक्ष रूपमा वस्तु बिक्रीका लागि ऐन बनाइएको दाबी गरे । नेटवर्किङ कारोबारलाई छुट दिने सम्भावना नरहेको उनले बताए ।

केही नेटवर्किङ व्यवसायीको पक्षपोषण हुने गरी वस्तुको प्रत्यक्ष बिक्री ९व्यवस्थापन तथा नियमन गर्ने० नियमावली २०७६ मार्फत सरकारले नेटवर्किङ व्यवसायलाई बैद्यता दिएको छ । यसका कारण पिरामिड शैलीमा कारोबार गर्ने कम्पनीले पछिल्लो समय सञ्चालन अनुमति पाएका हुन् ।