वीरगञ्जमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

Newslaya Home

वीरगञ्जमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

शुक्रबार १६, साउन २०७७

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर–२ छपकैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।

यस्तै, गण्डक कोभिड अस्पतालमा उपचाररत ५६ वर्षीय जगदम्बा इन्टरप्राइजेज प्रालिका प्रमुख कार्यकारी अधिकृतको मृत्यु भएको छ ।

नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो आएपछि उनलाई साउन ५ गते तराइ हस्पिटलमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

रिपोर्ट पोजेटिभ आउनु अगाडि नै उनको मृत्यु भएको थियो । योसंगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ ।