नेपालीलाई कुवेत प्रवेशमा रोक

Newslaya Home

नेपालीलाई कुवेत प्रवेशमा रोक

शुक्रबार १६, साउन २०७७

काठमाडौं । कुवेत सरकारले नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।

नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो। कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन् ।

कोरोना संक्रमण नियन्त्रणको लागि यस्तो निर्णय गरिएको कुवेत सरकारले जनाएको छ ।

कुवेतमा १ अगस्टदेखि व्यवसायिक उडान सञ्चालन हुँदैछन् । उडान खुले पनि नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेश नदिइने कुवेत सरकारले जनाएको छ ।