नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो

Newslaya Home

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो

शुक्रबार १६, साउन २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । बिहीबार तीन जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको हो ।

हालसम्म नेपालमा १९ हजार ५४७ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये १४ हजार २४८ जना निको भइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार २२७ जना निको भएर डिस्चार्ज भएका थिए भने २७४ कोरोना संक्रमित थपिएका थिए ।