यस्तो छ आजको मौसम

Newslaya Home

यस्तो छ आजको मौसम

शुक्रबार १६, साउन २०७७

काठमाडौं । आज पनि देशका केही स्थानमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनी वायुको प्रभावले प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा ठूलो पानी परे पनि अरु ठाउँमा हल्कादेखि सामान्य पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

तर हिजोअस्तिको तुलनामा भने आज कम पानी पर्ने संभावना रहेको मौसमविद्ले जनाएका छन् ।

अहिले पनि देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भएर केही ठाउँमा पानी परिरहेको छ ।